काठमाडौं । नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव परेको छ। हाल देशको पश्चिमी भू-भागमा सामान्य बदली रहेको छ भने अन्य भू–भागमा आंशिक बदली रहेको छ।
मौसम पूर्वानुमान महाशाखाले जारी गरेको मौसम पूर्वानुमानका अनुसार मंगलबार दिउँसो देशका अधिकांश भू-भागमा सामान्य बदली रहनेछ। भने पश्चिमी भेगका एक वा दुई स्थानमा हल्का वर्षा हुनुका साथै मध्य र पश्चिमी उच्च हिमाली भेगमा हल्कादेखी मध्यम हिमपातको सम्भावना रहेको छ।
राति भने देशका अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। उच्च हिमाली भेगमा हिमपातको सम्भावना रहेको छ।










