काठमाडौं । न्युनचापिय प्रणालीका कारणले तराईका अधिकासं स्थानमा बाक्लो हुस्सु र कुहिरो लागेको छ । मौसम पुर्वानुमान महाशाखाका अनुसार तराईका अधिकासं र मध्य पुर्व र पश्चिम पहाडका केहि स्थानको मौसम बदली भएको छ ।
न्युनचापिय प्रणालीका कारण देशभर चिसो हुनुका साथै पश्चिम र मध्य तराईका थोरै स्थानमा हुस्सु र कुहिरो लागेको छ। दिउँसो देशको पूर्वी भूभागमा आंशिकदेखि सामान्य बदली हुनेछ।
यस्तै मध्य तथा पश्चिमी पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने छ। काठमाडौं उपत्यकाको न्युनतम तापक्रम आज विहान २ दशमलव ८ डिग्री सेल्सियस मापन भएको छ।










