जेष्ठ नागरिकलाई न्यानो लुगा वितरण



डडेल्धुराको अजयमेरु गाउँपालिकाले जेष्ठ नागरिकलाई न्यानो लुगा वितरण गर्न शुरु गरेको छ । सैक्रममा गाउँपालिकाको ३ भद्रपुरमा बिहीबार जेष्ठ नागरिकलाई ‘जेष्ठ नागरिकसंग जयराज’ कार्यक्रम अन्र्तगत न्यानो लुगा वितरण गरिरहेको हो ।

वडा नम्बर ३ मा ६५ बर्ष माथि ७० बर्ष उमेरका ८९ जना जेष्ठ नागरिकलाई न्यानो लुगा वितरण गरेको वडा सदस्य सुरेन्द्र मल्लले बताए । जेष्ठ नागरिकहरुलाई चिसोको मौषममा सहज होस् भन्ने उदेश्यले न्यानो लुगा कम्मल,टोपी वितरण गरिएको सदस्य मल्ले वताउँनु भयो । यो भन्दा पहिले वडा नम्वर १ मा पनि न्यानो लुगा वितरण गरेको थियो ।

गाउँपालिकाका ६ वटै वडामा रहेका जेष्ठ नगारिकले गत वर्ष देखीनै न्यानो लुगा वितरण गर्दै आईरहेको छ । चिसो मौसममा जेष्ठ नागरिकलाई सहज होस् भन्नका लागि गत वर्ष ७० बर्ष माथिका जेष्ठ नागरिकले वडा कार्यालयले लुगा वितरण गर्दै आइरहेको छ । न्यानो लुगा पाएपछि जेष्ठ नागरिकले खुसी व्यक्त गरे ।

प्रकाशित मिति : माघ १७, २०७६ शुक्रबार  ९ : १६ बजे