२०७६ माघ माघ १९ गतेदेखी २५ गतेसम्मको राशिफल (नेपाली पात्रोबाट )
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो,
प्रारम्भमा रमाइलो पारिवारिक जमघट हुनेछ। ज्ञानले व्यक्तित्व निखार्ने अवसर जुट्नेछ। इच्छाशक्ति बढ्नाले महत्त्वाकांक्षी काम सुरु हुनेछ। सोमवार र मंगलवार मित्रहरूको सहयोगले हौसला प्रदान गर्नेछ। आयस्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता हुनेछ। बुद्धिको उपयोगले विद्या र धन आर्जन हुनेछ। इच्छाशक्ति बढ्नुका साथै लक्ष्य प्राप्त गर्ने साहस जुट्नेछ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। बुधवारपछि केही विवादास्पद जिम्मेवारी समेत वहन गर्नुपर्ला। अरूको बहकाउ र भौतिक साधनको कमीले अप्ठ्यारो पर्नेछ। गोपनीयतामा ध्यान पुर्याउनुहोला।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
प्रारम्भमा खर्च बढ्ने हुँदा धेरै रकम जोहो गर्नुपर्ला। थैलीको मुख बलियो नहुँदा धनमाल हराउन सक्छ। सोमवारदेखि आफन्तसँगको सम्पर्कले मनमा आनन्द मिल्नेछ। नयाँ काममा हात हाल्ने अवसर जुट्नेछ। भोजभतेरको निम्तो आउन सक्छ। पारिवारिक जमघटमा मन रमाउनेछ। चिताएका काम सम्पादन हुनेछन् र आम्दानी बढ्नेछ। अभिव्यक्ति कला र व्यक्तित्वमा निखारता आउनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। सप्ताहान्त पनि उत्साहवर्द्धक नै रहनेछ। स्रोत–साधन जुट्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। कामले धेरैलाई आकर्षित गर्न सकिनेछ।
मिथुन का, कि, कु, घ, ङ, छ, के, को, ह
सञ्चित कर्मको प्रतिफल प्राप्त हुनेछ। आम्दानीले विभिन्न आवश्यकता पूरा हुनेछन्। तर साथसाथै धन बाहिरिनाले चिताएका काम पूरा गर्न कर्जा वा सरसापट लिनुपर्ने हुन सक्छ। खर्च लागे पनि टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ। बुधवारपछि आफन्त र साथीभाइसँग रमाइलो भेटघाट हुनेछ। शुभचिन्तकहरूले साथ दिनेछन्। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। हिम्मत गर्दा चिताएको काम सजिलै सम्पादन हुनेछ। अध्ययनमा ध्यान केन्द्रित हुनेछ भने मिहिनेतले राम्रै उपलब्धि दिलाउनेछ। व्यापार र उद्योगमा पनि मनग्य फाइदा उठाउन सकिनेछ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
उत्तरार्धमा केही उतारचढाव आए पनि समग्रमा यो साता उत्साहवर्द्धक रहनेछ। तारिफयोग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। मिहिनेतले सफलताको उचाइमा पुर्याउन सक्छ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। आम्दानी बढ्नाले विभिन्न भौतिक साधन जुटाउन सफल भइनेछ। बुधवारपछि खर्च बढ्ने हुँदा धेरै रकम जोहो गर्नुपर्ला। सञ्चित धन खर्चनुपरे पनि विदेश ताक्नेहरूलाई यात्राको साइत जुर्नेछ। सप्ताहान्तमा आकर्षक उपहारले उत्साह जगाउनेछ। पारिवारिक जमघट र खानपानले आनन्द दिलाउनेछ। आगन्तुकले अलमल्याउने हुँदा काममा बाधा हुनेछ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
समयको महत्त्व बुझ्नेहरूलाई भाग्यले राम्रो साथ दिनेछ। धर्मकर्म तथा सेवामूलक काममा प्रवृत्त भइनेछ। विभिन्न अवसर आए पनि सोमवार र मंगलवार विवादास्पद काममा अलमलिनुपर्ला। तापनि मिहिनेतले सफलताको उचाइमा पुर्याउनेछ। कीर्तिमानी काम सम्पादन हुनेछ। कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ। बुधवारदेखि व्यापार र साझेदारी लाभदायक रहनेछ। श्रमको उचित मूल्यांकन हुनेछ। दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। सप्ताहान्तमा देश–विदेशको यात्रा हुन सक्छ। तर, आम्दानी अरूका हातमा जानाले उत्साहमा कमी आउनेछ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
प्रारम्भमा कमजोर शरीर लिएर कठिन काममा जुट्नुपर्ला। अरूको स्वार्थमा उपयोग भइने हुँदा व्यवहारमा पछि परिनेछ। सोमवारदेखि स्थितिमा सुधार आउनेछ। सानो प्रयत्नले ठूलो काम बन्नेछ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै फेला पर्नेछन्। लगनशीलताले सम्मानित स्थान दिलाउन सक्छ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। बुधवारदेखि शुक्रवार बिहानसम्म काममा केही चुनौती आउन सक्छन्। साइनो गाँस्नेहरूसँग अलि सावधान रहनुपर्ला। तापनि मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ। सप्ताहान्तमा व्यापार तथा उद्योगतर्फ मनग्गे फाइदा हुनेछ। प्रयत्न गर्दा लक्ष्य पूरा हुनेछ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
प्रियजनसँग भेटघाट हुनाले रमाइलो सुरुआत हुनेछ। यात्रा गर्ने अवसर जुट्न सक्छ। आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ। तर साथसाथै खर्चको मात्रा बढ्नेछ। व्यवसायमा लगानी बढाउनुपर्ने हुन सक्छ। सोमवारदेखि अस्वस्थताको योग देखिएकाले खानपानमा सजग रहनुहोला। अर्थ अभावले आँटेको काम स्थगित हुन सक्छ। कामको बोझ थपिनेछ भने परिस्थितिले संघर्षको यात्रामा अग्रसर गराउनेछ। बुधवारदेखि स्थितिमा सुधार आउनाले भाग्यले साथ दिनेछ। शुभचिन्तकहरू जुट्नाले लक्ष्य प्राप्ति हुनेछ। सप्ताहान्तमा रोकिएको काम बन्नुका साथै नयाँ काम पाइनेछ।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
मिहिनेतले अवसर दिलाउनेछ भने प्रतिद्वन्द्वीहरू पछि पर्नेछन्। रोकिएका काम बन्नाले आम्दानी बढ्नेछ। खर्च लागे पनि दिगो फाइदा हुने काम प्रारम्भ होला। सरल जीवनशैलीले अरूलाई प्रभावित बनाउन सकिनेछ। खर्च लागे पनि विलासी वस्तुहरू जुटाउन सकिनेछ। रमाइलो यात्रा गर्ने असवर पनि प्राप्त हुनेछ। बुधवारदेखि परिबन्धले केही झमेला निम्त्याउन सक्छ। स्वास्थ्य कमजोर रहनेछ भने रमाइलो परिस्थितिलाई वादविवादले खलबल्याउने देखिन्छ। व्यवहारमा उतारचढाव आए पनि सप्ताहान्तमा शुभचिन्तकहरूले साथ दिनेछन् र चिताएको लाभ उठाउन सकिनेछ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
बुद्धिको उपयोगले लक्ष्यमा पुग्न सकिनेछ। अध्ययनमा प्रगति हुनेछ भने सहपाठीहरूलाई पछि पार्न सफल भइनेछ। सेवामूलक कामबाट धनलाभ हुनेछ। शुभचिन्तकहरूले साथ दिनेछन्। प्रतिस्पर्धाले केही नोक्सान पनि गराउन सक्छ। यात्राको प्रक्रियामा समय र धन खर्च हुनेछ। तापनि व्यापार र उद्योगमा फाइदा हुनेछ। लगानी बढाउनुपरे पनि लगनशीलताले स्थिति अनुकूल बन्नेछ। मन मिल्ने साथीसँग प्रेमको गाँठो कसिन सक्छ। मिहिनेतले चिताएको काम बन्नेछ। नतिजा हातपार्न भने केही संघर्ष गर्नुपर्ला। सप्ताहान्तमा स्वास्थ्य कमजोर रहने देखिएकाले सजग रहनुपर्ला।
मकर- भो, ज, जि, खि, खु, खे, खो, गा, गि
प्रारम्भमा आफन्तजन टाढिनाले एक्लोपनाको अनुभूति हुनेछ। काम बिग्रने भयले पनि सताउन सक्छ। सोमवारदेखि स्थितिमा सुधार आउनुका साथै विभिन्न अवसर प्राप्त हुनेछन्। अध्ययनमा प्रगति हुनेछ भने बुद्धिले लक्ष्यमा पुर्याउनेछ। व्यवसायका लागि रमाइलो यात्रा गर्नुपर्ला। बुधवार र बिहीवार विपक्षीहरूबाट सावधान रहनुहोला। आफ्ना कमजोरीबाट प्रतिस्पर्धीहरूले फाइदा उठाउन सक्छन्, जोगिएर काममा जुट्नुपर्ला। फाइदाका लागि आफ्ना योजना सार्वजनिक नगर्नुहोला। सप्ताहान्तमा स्थिति अनुकूल बन्नेछ। प्रियजनसँगको भेटघाटले काममा पनि उत्साह जगाउनेछ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
साताको बीचमा केही उतारचढाव आए पनि पुरुषार्थी काम गर्दै लोकप्रियता हासिल गर्ने समय छ। अग्रज तथा सहयोगीहरूले राम्रो साथ दिनेछन्। विशेष अवसरले ठूलै काममा हिम्मत जगाउनेछ। दिगो फाइदा हुने काम शुभारम्भ हुन सक्छ। पुरुषार्थ देखाएर दाम समाउने अवसर छ। सोमवार र मंगलवार भने साइनो गाँस्नेहरूबाट सजग रहनुपर्ला। प्रयत्न गर्दा आफन्तका माध्यमबाट काम सम्पादन गरी लाभ उठाउन सकिनेछ। कृषि, पशुपालनमा फाइदा हुनेछ। सप्ताहान्तमा भित्रिएको रकम अरूलाई नसुम्पनुहोला। आँटेको काम बन्नाले मनको डर समेत उत्साहमा रूपान्तरित हुनेछ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
सभा(सम्मेलनको निम्तो आउन सक्छ। बोलीको प्रभावले धेरैलाई आकर्षित गर्ने समय छ। काम बन्नाले यो साता उत्साहवर्धक रहनेछ। अग्रजहरूको सहयोगले महत्त्वाकांक्षी काम प्रारम्भ गर्न सकिनेछ। तर, वादविवादमा अघि नसर्नुहोला। बीचमा प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। सोखले खर्च बढाए पनि भौतिक साधन जुटाउन सकिनेछ। घरेलु समस्यामा अलि सावधान रहनुहोला। सप्ताहान्तमा बुद्धिको उपयोगले काम बन्नेछ। सुखद समाचारले उत्साह जगाउनेछ। मानसम्मान प्राप्त हुनेछ र प्रशस्तै आम्दानी बढ्नेछ। सम्पादित कामबाट राम्रै लाभ हुनेछ।