मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अब गुगलले पनि ल्यायो आफ्नै टिकटक



छोटो भिडियो बनाएर सेयर गरिने सोसल नेटवर्किङ सर्भिस टिकटक अहिले विश्वभर निकै लोकप्रिय बने सगै अब गुगल ले पनि आफ्नै टिक टक ल्याएको छ ।

चिनियाँ कम्पनी बाइटडान्सले तयार गरेको टिकटकको लोकप्रियता सगै दुनियाँको सबैभन्दा ठूलो इन्टरनेट कम्पनी गुगलले पनि आफ्नै ‘टिकटक’ ल्याएको हो । गुगलले ल्याएको उक्त भिडियो मेकिंग तथा सेयरिङ एपको नाम tangri हो । गुगलको एरिआ १२० टिमले उक्त एपको निर्माण गरेको हो ।

गुगलका अनुसार यो एक सोशल भिडियो शेयरिंग एप हो जसमा छोटो आकारका भिडियोह शेयर गर्न सकिन्छ । खासगरी हाउ टु अर्थात् कुनैपनि जटिल कामलाई घरमै कसरी सजिलो सँग गर्न सकिन्छ रु भन्ने विषयका जानकारीमूलक भिडियोहरु तयार गरी यो एपमा सेयर गर्न सकिने कम्पनीले जनाएको छ ।

टिकटकमा जस्तै ट्यांगीमा पनि प्रयोगकर्ताहले एक मिनेटसम्मको भिडियो बनाएर पोष्ट गर्न सक्दछन् । टिकटकको उपयोग खासगरी मनोरञ्जनका लागि हुने गरेकोमा आफ्नो एपलाई चाहिँ ज्ञानमूलक उद्देश्यका लागि तयार गरिएको दाबी गुगलको छ ।

यो एपमा भिडियोका लागि पाक शिक्षा, लाइफ स्टाइल, आर्ट, फेसन, सौन्दर्यलगायतका विभिन्न विधा रहेका छन् ।

अहिलेका लागि यो एप एप्पलको एप स्टोर तथा वेब भर्सनमा डाउनलोडका लागि उपलब्ध छ । युरोपेली युनियन सम्बद्ध देशबाहेक विश्वभरका प्रयोगकर्ताका लागि यो एप उपलब्ध रहेको छ । यद्यपि गुगलको आफ्नै प्ले स्टोरमा चाहिँ यो एप उपलब्ध भएको छैन ।

एन्ड्रोइड प्रयोगकर्ताका लागि यो कहिलेबाट उपलब्ध हुनेछ भन्ने बारेमा कुनै जानकारी गराइएको छैन । गुगलका अनुसार अहिलेका लागि सीमित प्रयोगकर्ताहले मात्र यो एपमा भिडियो अपलोड गर्न सक्नेछन् । यसका लागि प्रयोगकर्ताहले वेटलिस्टमा आबद्ध हुनुपर्नेछ ।

प्रकाशित मिति : २१ माघ २०७६, मंगलबार  ११ : ४२ बजे