नाराबाजी सहित कांग्रेसको अवरोधपछि संसद बैठक मंगलबारसम्मका लागी स्थगित



नेपाली कांग्रेसले नाराबाजी सहित अवरोधपछि संसद बैठक स्थगित भएको छ।

आइतबार बैठक सुरू हुनेवित्तिकै कांग्रेस सांसदहरू उठेर विरोध जनाएपछी बैठक मंगलबारसम्मका लागी स्थगित भएको हो ।

सभामुख अग्निप्रसाद सापकोटाले प्रमुख प्रतिपक्षको विरोधका बावजुद बैठक चल्न नसक्ने भन्दै मंगलबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेको बताए।

कांग्रेसले संसदीय दलका उपनेता विजयकुमार गच्छदारविरूद्ध राजनीतिक प्रतिशोधका आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दर्ता गरेको भन्दै सदन अवरूद्ध गर्दै आएको छ ।

अख्तियारले पूर्वअग्रही ढङ्गले काम गरेको भन्दै कांग्रेसका भात्री संस्थाहरुले पनि सडकमा आन्दोलन गर्दै आएका छन ।

प्रकाशित मिति : माघ २६, २०७६ आइतबार  ८ : २३ बजे