चीनमा फैलिएको नयाँ कोरोनाभाइरसको सङ्क्रमणले ज्यान जानेको सङ्ख्या ८०० नाघेको छ।
करिब बीस वर्ष अगाडि सार्स भाइरसको सङ्क्रमण फैलँदा मारिएको सङ्ख्यालाई कोरोनाभाइरसले उछिनिसकेको छ।\सन् २००३ मा सेभेर अक्युट रेस्पिरेटोरी सिन्ड्रोम वा सार्स भनिने भाइरसको सङ्क्रमणबाट विश्वभरका दुई दर्जन देशमा ७७४ जनाको ज्यान गएको थियो।
कोरोनाभाइरसले चीनको हुबेइ प्रान्तमा मात्र ७८० जनाको ज्यान लिएको छ भने कुल मारिनेको सङ्ख्या ८०३ पुगेको छ।तीमध्ये एकजनामात्र चीन र हङ्कङभन्दा बाहिरका व्यक्ति हुन्।
तर नयाँ कोरोनाभाइरसबाट मृत्यु हुनेको अनुपात भने सार्सभन्दा निकै कम रहेको छ।नयाँ कोरोनाभाइरसले ३४,८०० मानिस सङ्क्रमित भइसकेका छन्।गत महिना विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओले यसलाई विश्व जनस्वास्थ्य सङ्कटको घोषणा गरेको थियो।










