चिनको बुहानबाट नेपाली विद्यार्थीलाई शनिबार काठमाडौं ल्याइदै



चीनमाकोरोसा भाइरसको जोखिममा परेका  १८० जना नेपाली विद्यार्थीलाई शनिबार नेपाल ल्याइने भएको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पनि शनिबार ल्याउने निर्णय गरेको स्रोतले जानकारी दियो ।कोरोना भाइरसको संक्रमण देखिइको क्षेत्र वुहान र हुबेईमा रहेका १८० जना नेपाली नागरिकलाई शनिबार ल्याउने तयारी गरिएको स्रोतले जानकारी दिएको छ ।

हुबेईमा रहेका १८० जना नेपालीले घर फिर्तीका लागि चीनमा रहेको दूतावासमा निवेदन दिइसकेका छन् ।

चीनबाट ल्याएर उनीहरुलाई १४ दिनसम्म भक्तपुरस्थित ‘आइसोलेसन सेन्टर’ मा राखिने भएको छ ।चीन पठाउने चालक दलका सदस्य तथा चिकित्सकहरुलाई पूर्णरुपमा तालिम दिइनेछ ।

नेपाल एयरलाइन्सको जहाजबाट उनीहरुलाई ल्याइन लागेको हो । यसको सम्पूर्ण खर्च सरकारले बेहोर्ने भएको छ ।

 

प्रकाशित मिति : माघ २९, २०७६ बुधबार  ५ : ०६ बजे