सिन्धुपाल्चोकको जुगल गाउपालिकाको वडा नम्बर ३ गुम्बागाउँका एक सय भन्दा बढी स्थानीय रुधा खोकी र ज्वरोले थलिए पछी कोरोना भाइरसको आशङ्कामा त्रास फैलाएको छ । कोरोना भाइरस संक्रमितको लक्षणसँग मिल्दाजुल्दा बिरामी भेटिएकाे भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पत्राचार गरिएपछि त्रास बढेको छ ।
चेकजाँच नै नगरि यो नै हो भन्न सक्ने अवस्था नरहेको र केहि विमारीको अवस्था उद्वार गर्न पनि नसकिने अवस्था भैसकेको गाउँपालिका अध्यक्ष श्रेष्ठले जानकारी गराए ।
विगत दुई हप्तादेखि सामान्य रुधा खोकिले थलिएका उनीहरुको अवस्था गम्भीर रहेको उनले बताए ।
बिरामीको संख्या बढेको र अवस्था गम्भीर बन्दै गएपछि विशेष टोली खटाइदिन जिल्ला स्वास्थ्य कार्यालय, सिन्धुपाल्चोक र वाग्मती प्रदेश सरकारलाई पत्र लेखे पठाई सकेकोे पनि उनले बताए । उनले मौसमी रुधाखोकी हुन सक्ने भन्दै विमारी घरलु उपचारमा लागेको तर लामो समय निको हुन नसकेपछि गाँउ नै सक्रमित भएको जानकारी गराए ।
एकै गाउँका स्थानीय बिरामी परेको उनको भनाई रहेको छ । गाउँपालिकामा विशेषज्ञ चिकित्सक भएको अस्पताल छैन ।











