पशुपति क्षेत्रमा शिवरात्रिको भव्य तयारी हुँदै



पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रिका दिन सहज, सुरक्षित र छिटो दर्शन गराउने कामलाई प्रभावकारी बनाएको बताएको छ ।

यही फागुन ९ गते शुक्रबार त्रयोशीका दिन पर्ने महाशिवरात्रि पर्वमा पशुपति क्षेत्रमा दर्शन गर्न आउने भक्तालुहरूलाई व्यवस्थित रुपमा दर्शन गराउने कार्यलाई प्रभावकारी बनाइएको कोषले बताएको छ ।भक्तालुहरूलाई सहज, सुरक्षित र छिटो दर्शन गराउन सहयोग गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको संयोजकत्वमा गठन भएको १ सय ११ सदस्यीय महाशिवरात्रि व्यवस्था मूल समिति २०७६ अन्तर्गत ११ वटा उपसमितिहरू गठन गरिएको छ ।

उपसमितिहरूले पशुपति क्षेत्रमा शुरक्षा व्यवस्था, आवास, भोजन तथा भौतिक पूर्वाधार, प्रचार, वातावरण सरसफाइ, स्वास्थ्य सेवा, स्वर्यसेवा परिचालन लगायतमा काम गर्नेछन् ।

पशुपति क्षेत्र विकास कोषले बुधबार पत्रकार सम्मेलन गरी महाशिवरात्रिका दिन चारवटै ढोका खुला गर्ने बताएको छ ।

प्रकाशित मिति : फाल्गुन ७, २०७६ बुधबार  २ : ४३ बजे