गाडी दुर्घटनामा परि घाइते भएका नेकपा मालेका महासचिव उपप्रधानमन्त्री एवं सीपी मैनालीको स्वास्थ्य अवस्था गम्भीर रहेको छ। घाइते मैनालीलाई नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याई ग्राण्डी इन्टरनेशनल अस्पतालमा उपचार भइरहेको छ।
बिहीबार दिउँसो महोत्तरीको बर्दिबास(३ कालापानीमा उनी सवार कार दुर्घटना भएको थियो।
मैनालीको स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी ग्राण्डी अस्पतालका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डेले दिए। उनले भने,‘हड्डि फ्याक्चर भएको छ, छाति र पेटमा दुख्यो भनिरहनु भएको छ।’छाति र पेटमा लागेको चोटपटक पत्ता लगाउन अहिले सिटिस्क्यान गर्न लागिएको डा. पाण्डेले बताए। ‘मल्टिपल इन्ज्युरी छ। सबै विधाका डाक्टरहरुबीच राय लिने काम भइरहेको छ। ’ डा. पाण्डेले भने।
महोत्तरीको बर्दिवासमा मैनाली सवार कार र विपरित दिशाबाट आउँदै गरेको ७६६८ नम्बरको पिकअप भ्यान एक आपसमा ठोक्किँदा दुर्घटना भएको थियो।
दुर्घटनामा परि मनौलीका छोरा ३० बर्षीय सरोज मैनाली, बुहारी पुजा ढुङ्गाना मैनाली, ५ बर्षीय नाती एन मैनाली घाईते भएका छन् ।










