आज मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना



काठमाडौं । हाल देशको पश्चिमी क्षेत्रमा पश्चिमी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । महाशाखाले देशको पहाडी क्षेत्रमा आंशिक बदली भइरहेको र अन्य भू–भागमा मौसम सामान्यतया सफा रहेको जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अुसार सोमबार दिउँसो देशको पूर्वी भू–भागमा आंशिक र सामान्य बदली हुने साथै मध्य र पश्चिमी भू–भागमा आंशिक बदली रहनेछ । पूर्व र मध्यका केहि स्थानहरुमा र पश्चिमी पहाडका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।

यसैगरी, रातिमा भने देशको पूर्वी क्षेत्रमा आंशिक र सामान्य बदली हुने र मध्य र पश्चिमी पहाडी भूभागमा आंशिक बदली हुनेछ । साथै, पूर्व पहाडी क्षेत्रमा र एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति : फाल्गुन १९, २०७६ सोमबार  २ : ५० बजे