कोरोना संक्रमण ह्वात्तै बढ्न थालेपछी होली नखेल्न भारतीय प्रधानमन्त्रीको आग्रह



विश्वव्यापी रूपमा फैलिरहेको कोरोना भाइरसको सङ्क्रमण पछिल्लो समय भारतमा समेत तिब्र रुपमा फैलिना थालेपछी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यो पटक होली कार्यक्रममा सहभागी नहुने निर्णय गरेका छन् ।

“कोरोना भाइरसबाट बच्नका लागि हामीले ठूलो संख्यामा एकत्रित हुनबाट जोगिनुपर्छ । म यस वर्ष होलीका कुनै पनि कार्यक्रममा सहभागी हुने छैन,” उनले ट्विटरमा लेखेका छन् ।  प्रधानमन्त्री मोदीलाई चिकित्सकहरुको एक टोलीले कोरोना भाइरसबाट बच्न सल्लाह दिएसँगै उनले यो निर्णय लिएका हुन् ।

भारतमा बुधबारसम्म कोरोना संक्रमितको संख्या २८ पुगेको छ भने संक्रमण भएको आशंका ७० जनालाई निगरानीमा राखिएको भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् ।

भारतीय सञ्चारमाध्यामहरुका अनुसार बुधबार मात्र भारतका आगरामा ६ जना, तेलंगाना र दिल्लीमा १–१ जना जयपुरमा इटलीका २ नागरिकमा कोरोना संक्रमण भएको पुष्टि भएको छ । भारतमा सबैभन्दा पहिले केरलामा ३ जनामा संक्रमित देखिएको थियो । यी तिनै जना अहिले उपचारपछि घर फर्किएका छन् । त्यसपछि आगरामा ६ जनामा संक्रमित भएको पाइएपछि उनीहरुलाई दिल्लीस्थित सफरदंग अस्पतालमा भर्ना गरिएको छ ।

प्रकाशित मिति : फाल्गुन २१, २०७६ बुधबार  ७ : ५५ बजे