कोरोना रोक्न बिश्व बैङ्कको सहयोग लिने र भारतबाट आवश्यक सामग्री आयात गर्ने सरकारको निर्णय



सरकारले कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि भारतबाट आवश्यक सामग्री आयात गर्ने निर्णय गरेको हो ।पछिल्लो समय नेपालमा पनि मास्कलगायत सामग्रीहरूको अभाव देखिना थालेपछी सरकारले यस्तो निर्णय गरेको हो ।

नोभल कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बिहीबार बसेको बैठकले भारतबाट आवश्यक सामग्री आयात गर्ने र उड्ययन क्षेत्रमा सावधानी अपनाउने निर्णय गरेको छ ।

बैठकमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा बादल, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुसाल,प्रधानसेनापति पूर्णचन्द्र थापा, मुख्यसचिव लोकदर्शन रेग्मी सहभागी थिए ।

प्रकाशित मिति : फाल्गुन २२, २०७६ बिहीबार  १२ : ०९ बजे