कांग्रेस सांसद गगन थापाले कोरोनाभाइरस संक्रमणबाट सचेत रहनुपर्ने बताएका छन्।
प्रतिनिधिसभामा शुक्रबार सार्वजनिक महत्वको प्रस्ताव गर्दै सांसद थापाले भने, ‘कोरोनाभाइरस संक्रमणबाट तर्सने होइन, सचेत हुनु पर्छ ’‘कोरोनाभाइरस सचेत रहने हो तर्सने होइन,’ प्रतिनिधिसभामा सांसद थापाले भने, ‘हामीलाई तयारीका लागि अहिले गोल्डेन पिरियड छ। हाम्रोजस्तो तयारीका लागि समय अरू देशले पाएन।’
उनले सुझबुझपूर्ण ढंगले सतर्कता गर्नुपर्ने बताए। ‘सुझबुझपूर्ण तयारी गरौं। सरकारले जे जति काम गरेको छ, म प्रशंसा गर्छु,’ उनले भने, ‘छरपष्ट होइन एकजुट भएर तयारीमा जुटौं।’
उनले कोरोनाभाइरस संक्रमणबाट जोगिन एक्सन प्लान बनाउनुपर्ने बताए। संघ, प्रदेश र स्थानीय सरकार मिलेर एकीकृत प्रयासमा जुट्नुपर्ने उनले बताए ।
पछिल्लो समय कारोनाभाइरसको बिश्वभरी फैलिरहेको र संक्रमणफ्बाट ज्यान गुमाउनेको सङ्ख्या बढ्दै गए पछी कारोनाभाइरसको बारेमा प्रतिनिधिसभामा शुक्रबार सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ । रोकथामका लागी सबैतिर सचेतता अपनाउन थालिएको छ भने रोकथाम र नियन्त्रणका लागी काम गर्न सरकार माथी दबाब बढी रहेको छ ।
नेपालमा भने हाल सम्म कोरोनाको सङ्क्रमण पुष्टी भएको छैन










