परीक्षा केही हप्ता पर सार्दा कुन आकाश खस्छ ? डा. बाबुराम भट्टराई



समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले कोरोना संक्रमण विश्वभर फैलिरहेका बेला सरकारले विद्यालय बन्द नगरेर सरकारले हेल्चेक्र्याईं गरिरहेको बताएका छन्।

शनिबार ट्वीटरमा लेख्दै उनले केही दिनहप्ताका लागि विद्यालय बन्द गर्न सरकारले हेल्चेक्र्याईं गरिरहेको उल्लेख गरेका हुन्। उनले छोराछोरीको जीवन प्रमुख कि परीक्षा भन्दै प्रश्नसमेत सोधेका छन्।

ट्वीटमा उनले भनेका छन्‚ ‘कोरोना भइरसको प्रकोप विश्वभरि फैलिरहेको र खुला सिमाना भएको भारतमा झन् तीव्र रूपमा फैलिरहेको स्थितिमा हामीले चाहिं स्कूल केही दिनहप्ता बन्द गर्न किन हेलचक्र्याइँ गरेको हो ? छोराछोरीको जीवन प्रमुख कि परीक्षा ? परीक्षा केही हप्ता पर सार्दा कुन आकाश खस्छ ? सत्ताधारी कमरेडहरूको ध्यान जाला ?’

प्रकाशित मिति : चैत्र १, २०७६ शनिबार  ११ : ४६ बजे