काठमाडौं । पश्चिमी वायुको सामान्य प्रभावले पश्चिमी भू–भागमा सामान्य बदली भई पूर्वी भू–भागमा आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखा जनाएको छ ।
महाशाखाले दिउँसो भने देशका पश्चिमी भू–भागमा सामान्य बदली रहि बाँँकी भू–भागमा आंशिक बदली रहनेछ। पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन, चट्याङ्ग सहित वर्षाको सम्भावना रहेको छ।
यसैगरी राति देशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ।










