मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आइफोन निर्माता एप्पल कम्पनीलाई १ अर्ब १० करोड यूरो जरिवाना तिराउने फ्रान्सको निर्णय



फ्रान्सले आइफोन निर्माता अमेरिकी कम्पनी एप्पललाई १ अर्ब १० करोड यूरो (१ अर्ब २० करोड डलर) जरिवाना तिराउने निर्णय गरेको छ । एप्पलले प्रतिस्पर्धा नियमको पालना नगरेको भन्दै फ्रेन्च कम्पिटिसन अथोरिटीले जरीवाना तिराउने निर्णय सुनाएको हो ।

साथै एप्पलका दुई होलसेललाई पनि मिलोमतोमा मूल्य तोकेको आरोपमा जरीवाना तोकिएको छ । एप्पलको होलसेलरमध्ये टेक डेटालाई ७ करोड ६१ लाख यूरो र इन्ग्राम माइक्रोलाई ६ करोड २९ लाख यूरो जरीवाना तोकिएको छ । र, समग्रमा अहिले लगाइएको १ अर्ब २४ करोड यूरो जरिवाना कुनै एउटा मुद्दामा लगाइएको सबैभन्दा ठूलो जरिवाना हो ।

फ्रेन्च कम्पिटिसन अथोरिटीका अध्यक्ष इसाबेले डे सिल्भाले एप्पलले आफ्ना दुई होलसेलरसँग मिलेर वितरकलाई एकअर्कामा प्रतिस्पर्धा गर्नबाट रोकेको बताए ।

एप्पलले भने फ्रान्सेली नियामकले लगाएको जरिवाना स्वीकार्न नसकिने बताएको छ ।

प्रकाशित मिति : ३ चैत्र २०७६, सोमबार  १ : ५३ बजे