सरकारले काठमाडौं उपत्यकामा १२० र बाहिर १०० आईसीयू बेड तत्काल तयार गर्ने भएको छ तेस्तै सरकारले उपत्यकामा १ हजार आइसोलेटेड बेड बनाउने भएको छ ।
कोरोना संक्रमण, रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिको सोमबार बसेको बैठकले यस्ती निर्णय गरेको हो बैठकले उपत्यकामा आईसीयू बेड बनाउने अस्पतालहरु पनि तोकेको छ । जसअनुसार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, कीर्तिपुरको आयुर्वेद अस्पताल, नेपाली सेनाको अस्पताल, सशस्त्र प्रहरीको अस्पताल, वीर अस्पताल र पाटन अस्पतालमा २०२० वटा आईसीयू बेड तयार गरिने छ ।
यस्तै प्रदेश तथा स्थानीय तहसँग समन्वय गरेर उपत्यका बाहिर १०० आईसीयू बेड तयारी गरिनेछ ।बैठकले उपत्यकामा १ हजारसम्म आइसोलेटेड बेड बनाउने निर्णय गरेको छ । जसमध्ये आयुर्वेद अस्पतालमा २००, खरीपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा २२०, टेकु अस्पतालमा १००, पाटन अस्पतालमा ७० र नेपाल आर्मी र प्रहरीको अस्पतालमा १०० आइसोलेटेड बेड बनाइनेछ । यस्तै तेलकोटस्थित खानेपानी कार्यालयमा ६०, इचंगुनाराणस्थित सुकुम्बासी आपवासमा २८० आइसोलेटेड बेड बनाइनेछ ।
त्यस्तै बैठकले कोरोना भाइरस परीक्षणका लागि पीपीई सेट २० हजार थान,डाइगोनोस्टिक किट १० हजार थान र थर्मल गन १ हजार थान खरिद गर्ने निर्णय गरेको छ । त्यस्तै कोराना संक्रमणको रोकथामका लागि प्रत्यक्ष रुपमा खट्ने डाक्टर र नर्सलाई ७५ प्रतिशत जोखिम भत्ता उपलव्ध गराउने र अन्य जनशक्तिलाई ५० र २५ प्रतिशत जोखिमभत्ता उपलव्ध गराउने निर्णय भएको छ ।











