कस्तो रहला आजको मौसम, यस्तो छ पूर्वानुमान



काठमाडौं । नेपालमा पश्चिमि वायूको आंशिक प्रभाव रहनुका साथै स्थानिय वायुको समेत प्रभाव देखिएको छ । शनिबार मौसम पूर्वानुमान महाशाखाले हाल देशको पश्चिमि भू–भाग लगायत अन्य पहाडी भु–भागमा आंशिक बदली रहेको र बाँकी भागमा भने मौसम सामान्यतया सफा रहेको जानकारी दिएको छ ।

शनिबार दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली हुने र पहाडी भू–भागका थोरै स्थानहरूमा साथै तराईका १/२ स्थानमा मेघ गर्जन, चट्याङ्गसहित हल्का क्षणिक वर्षाको सम्भावना रहेको जनाएको छ ।

साथै राति देशको पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही बाँकी भागमा भने सामान्यतया मौसम सफा रहनेछ ।

देशको पूर्वी र मध्य भू-भागका १/२ स्थानहरुमा मेघ गर्जन, चट्याङ्गसहित हल्का क्षणिक वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति : चैत्र ८, २०७६ शनिबार  २ : ३७ बजे