भारतमा कोरोनाको सङ्क्रमण बढ्दै गएका बिलादिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले वृद्धवृद्धा, विधवा र फरक क्षमता भएका नागरिकलाई दिइने भत्ता दोब्बर पु¥याउने घोषणा गरेका छ ।
उनले तत्कालै लक डाउन नगर्ने, तर आवश्यक परेमा प्रभावकारी कदम चाल्ने समेत घोषणा गरेका छन् ।
आफ्नो पहिलो डिजिटल प्रेस कन्फ्रेन्समा केजरीवालले वृद्धवृद्धा, विधवा र फरक क्षमता भएका नागरिकले‘यस्तो सुविधा पाउँदै आएका ८ लाख ५० हजार नागरिकले यो महिना ४ हजारदेखि ५ हजार भत्ता पाउनेछन्,’ उनले भने ।
केजरीवालले कोभीड–१९ कारण निम्तिएको कडाईले गरिब व्यक्तिहरु मारमा परेको बताए । उनले घरबारविहीनलाई रात्रिकालिन सेल्टरमा निशुल्क खाना उपलब्ध गराउने बताए । ‘हामी कोरोनाको संकटका बेला दैनिक ज्यालादारी र मजदूरी गर्नेहरु गम्भीर रुपमा चिन्तित छौं । कोही भोकै रहोस् भन्ने चाहदैंनौं,’ उनले भने ।
शनिबारसम्म दिल्लीमा कुल २६ जनामा र समग्र भारतमा २ सय ८३ जनामा संक्रमण देखिएको छ ।








