मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोनाको जाच र उपचार गर्न टेकु अस्पतालले माग्यो ४४ स्वास्थ्यकर्मी



कोरोना भाइरस संक्रमितको उपचार गर्न टेकुस्थित शुक्रबार ट्रपिकल तथा सरुवा रोग अस्पतालले ४४ स्वास्थ्यकर्मी माग गरेको छ ।

अस्पतालले तीन महिनाका लागि कर्मचारी माग गरको हो ।

माग गरिएका जनशक्तिमा कन्सल्टेन्ट एनेस्थेसियोलोजिस्ट, मेडिकल अधिकृत, नर्सिङ अधिकृत र स्टाफ नर्स छन् ।

अस्पतालले आइतबार एक सूचना जारी गर्दै इच्छुक व्यक्तिहरूलाई पाँच दिनभित्र आवेदन बुझाउन आग्रह गरेको छ ।

टेकुस्थित शुक्रबार ट्रपिकल तथा सरुवा रोग अस्पताल देशकै एकमात्र सरुवा रोग अस्पताल हो ।

प्रकाशित मिति : ९ चैत्र २०७६, आइतबार  ३ : ४९ बजे