मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भारतबाट फर्किने नेपालीहरुले अनिवार्य ‘सेल्फ क्वारेन्टाइन’मा बस्नुपर्ने गृह मन्त्रालयको निर्णय



नेपाल सरकार  गृह मन्त्रालयले भारतबाट स्वदेश फर्किने नेपालीले अनिवार्य १४ दिन ‘सेल्फ क्वारेन्टाइन’मा बस्नुपर्ने नि र्ण य गरेको छ । मन्त्रालयले यसबारे आवश्यक आन्तरिक परिपत्र जिल्ला प्रशासन कार्यालयहरूलाई जारी गरेको बताएको छ ।

गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता केदारनाथ शर्माले भने, “भारतबाट फर्किनेको हकमा सीमामा जाँचमा क्रममा प्रहरीले सबै विवरण लिन्छ । उनीहरूको घर, ठेगाना सबै लिइसकेपछि त्यसको जानकारी उनीहरू जुन जिल्लाका हुन्, त्यहाँको प्रहरी र प्रशासनलाई प्रहरीले गर्छ । त्यही आधारमा उनीहरू बसे÷नबसेको अनुगमन हुन्छ ।”

प्रवक्ता शर्माले ‘सेल्फ क्वारेन्टाइन’ मा बस्न राजनीतिक दल, नागरिक समाज, स्थानीय निकायलगायतले पनि दबाब दिनुपर्ने बताए । उनीहरू बसेरनबसेको अनुगमनका लागि प्रहरीलगायतको संयन्त्र अनुगमनमा खटिनसक्ने शर्माको भनाइ छ । भारतबाट स्वदेश फर्किने नेपालीमा कोरोना संक्रमणको जोखिम हुनसक्ने भन्दै गृहले यसबारे सर्तकर्ता अपनाउन परिपत्र जारी गरेको उनले बताए ।

भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न थाले पछी नेपाल भारत सिमा बन्द गर्न र सिमानाकाबाट नेपाल आउनेहरुको ब्यबस्थापन गर्न सरकारमाथी दबाब बढेको छ ।

 

प्रकाशित मिति : ९ चैत्र २०७६, आइतबार  १० : २६ बजे