काठमाडौं । जापानमा हुने ओलम्पिकमा क्यानडा र अस्ट्रलियाले आफ्नो खेलाडी नपठाउने भएका छन् । विश्वभर फैलिरहेको कोरोना भाइरस (कोभिड १९) को महामारीका कारण ओलम्पिकमा आफ्ना खेलाडी नपठाउने भएका हुन्।
कोरोना महामारीका कारण क्यानडाले जुलाई र अगष्टमा हुने टोकियो ओलम्पिक स्थगित गर्नुपर्ने मागसमेत गरेको छ । ओलम्पिक स्थगित नभएमा खेलाडी नपठाउने निर्णय क्यानडाले गरेको छ।
खेलाडीको स्वास्थ्य ठूलो विषय रहेको भन्दै क्यानडाको ओलम्पिक कमिटी र पारा ओलम्पिक कमिटीले यो निर्णय गरेको हो ।
यो खेलाडीको मात्र स्वास्थ्यको विषय होइन, अब यो सर्वसाधारणको स्वास्थ्यको विषय बनिसकेको छ,’ क्यानेडियन ओलम्पिक कमिटी र पाराओलम्पिक कमिटीले भनेको छ ।
यसअघि विभिन्न देशको ओलम्पिक कमिटीले टोकियो २०२० ओलम्पिक स्थगित गर्नुपर्ने प्रस्ताव राख्दै आए पनि ओलम्पिक स्थगित नगरेका खेलाडी नपठाउने निर्णय गर्ने क्यानडा पहिलो राष्ट्र हो ।
यस्तै, अस्ट्रेलियाले पनि टोकियो ओलम्पिकमा खेलाडी नपठाउने निर्णय गरेको छ । त्यहाँको ओलम्पिक कमिटीले सर्वसम्मत रूपमा यो निर्णय गरेको हो ।
जापानको टोकियोमा यसै वर्ष आयोजना हुने ओलम्पिक खेलकुद स्थगित नभए क्यानडाले आफ्ना खेलाडी नपठाउने भएको छ ।










