स्याङ्जामा हतीयार पड्किदा प्रहरी हवल्दारको मृत्यु



कोराना भाइरसबाट बच्न सरकारले गरेको लकडाउनमा खटिने प्रहरीको गोली लागेर निधन भएको छ । स्याङ्जाको हरिनास गाँउपालिका स्थित मग्याम चिसापानी इलाका प्रहरी कार्यालयमा कार्यरत ३६ बर्षिय रविन्द्र पौडेलले हतियार व्यवस्थापन गर्ने क्रममा गोली लागेर घाईते भएका थिए ।ड्युटी सकिएपछि हतियार बुझाउने क्रममा पड्किएर उनको मृत्यु भएको बताइएको छ ।

पोखरा स्थित मणिपाल अस्पतालमा उपचारको क्रममा पौडेलको निधन भएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्ले जानकारी दिए । शुक्रवार दिउसो करिव १ बजेतिर इलाका प्रहरी चौकीको हतियार व्यवस्थापन शाखामा काम गर्दै गर्दा अचानक गोली पड्केर लागेको प्रहरीले जनाएको छ ।

उनको दाहिने कोखाबाट देब्रे कोखाबाट गोली निस्केको अवस्थामा रहेको मृतकका अंकल ऋषिकान्त पौडेलले जानकारी दिए । घटनाबारे अनुसन्धान शुरु भएको र स्याङ्जाका प्रहरी प्रमुख एसपी बिमलराज कर्णेलको टोली घट्नास्थल तर्फ गएको बताईएको छ ।

 

प्रकाशित मिति : चैत्र १४, २०७६ शुक्रबार  १ : ०६ बजे