अलपत्र यात्रुहरु भन्छन, ‘एउटा विस्कुुटले दिन कटायौ ’



‘विहान एक विस्कुट दियो त्यही खायौ, खाना त कता हो पानी समेत पाएनौ ’।, यो भनाई हो शनिवार वेलुकी डडेलधुरा पुगेका डडेलधुरा पर्शुराम नगरपालीका १२ का ननरेश वोहराको । ‘दुई दिन नेपाल भारत सिमानाका भारत तर्फ झुलाघाटमा वसेयौ । झुलाघाटमा भारतीयले खान,वस्नको लागि राम्रो व्यवस्था गरेको भएपनि बैतडीमा पुग्दा भने खाना,वस्न केही पनि पाएनौं ।’

‘ बैतडीमा राती सुत्दा विद्यालयको ढोका समेत नखोलीदिदा वाहिर खुला आकाशमा वस्नु परेको पिडा वोहराले सुनाए । आफु संग भएका कम्वल ओडेर रात काटेयौ ,नत खानको व्यवस्था थियो नत सुत्नको ,यति सम्म की खानेपानी सम्म पाएनौ।,’ वोहरा संगै रहेका अर्का एक जनाले वताए । डडेलधुरामा वस पार्क नजिकै पुरानो अपि अस्पतालमा वनाइएको क्वारेन्टाईनमा चाउ चाउ खाँदै नरेशले भने अव त हामी आफ्नो जिल्लामा पुगी सकेयौ हामीलाई कुनै पिर छैन ।
क्वारेन्टाईन निर्माण गरेका प्रकाश साउँदले चाउ चाउ किने दिएर पछि नरेश संगै आएका नौ जनाले पेटभरी चाउँ चाउँ खाँदै भने हामी संगै करिव १ सय पचास भन्दा वढी नेपाली थिए ।

बैतडी,वझाङ जिल्लाकाहरुलाई उनिहरुका स्थानिय तहले गाडीको व्यवस्था गरेर लगे तर हामीले पर्शुराम नगरपालीकाका नगर प्रमुख संग सम्पर्क गर्दा तपाईहरुलाई पास चाहिएको छ भने हामी व्यवस्था गरिदिन्छौ तर यातायातको व्यवस्थापन आफैले गर्नु पर्ने जवाफ दिएको समेत नरेशले वताए । क्वारेन्टाईन निर्माण गर्ने साउँदले भने म निस्वार्थ भावनामा विच वाटोमै अल्पत्र परेकाहरुको सेवाका लागि काम गरिरहेको छु । ‘मलाई कुनै स्वार्थ छैन ,कोरना भाईरसका कारण भारत सहित अन्य स्थानवाट आएर डडेलधुरामा अल्पत्र परेकाहरुको उद्धार गर्नु हो ।, ’

भारतको उत्तराखण्डको पिथौरागडमा निर्माणको काम गर्दै आईरहेका पर्शुराम नगरपालीकाका कैनपानीका नौ जना पिथौगढवाटै पैदल नेपाल भारत सिमानाका वैतडीको झुलाघाटमा पुगेका थिए । बैतडीको गोठला पानी देखी आफ्नै खर्चमा जिप रिर्जभ गरेर नौ जना डडेलधुरा पुगेका थिए । बैतडी प्रशासनले जिपको समेत व्यवस्थापन नगरिदिएको उनिहरुले गुनासो गरेका थिए । झुलाघाटमा भारतीयले खान वस्नका लागि व्यवस्थापन गरेका थिए । भारतमा कोरना भाईरसका कारण काम वन्द भएपछि आफुहरु घर फर्किएको उनिहरुले वताए । यी मात्रै हैन साउँदले डडेलधुरा वसपार्कमा अल्पत्र पर्ने जोकीलाई आफ्नो क्वारेन्टाईनमा राखेर खान वस्नको व्यवस्थापन गर्दै आईरहेका छन् ।

प्रकाशित मिति : चैत्र १६, २०७६ आईतबार  ७ : २४ बजे