कोरोनाको आशंकामा पाटन अस्पतालमा उपचाररत एकको मृत्यु



ललितपुरको पाटन अस्पतालमा कोरोना आशंकामा उपचाररत एक व्यक्तिको मृत्यु भएको छ ।

धादिङबाट पाटन अस्पताल रिफर भएका ३६ वर्षीय पुरुषकोआइसियुमा राखेर उपचार गर्ने क्रममा मृत्यु भएको जनाइएको छ ।

धादिङ घर भएका ती युवक आइतबार दिउँसो अस्पताल भर्ना भएका थिए ।

१८ वर्षदेखि भारतीय सेनामा कार्यारत उनी १४ गते नेपाल फर्केको र फर्केपछि दुई दिनयता ज्वरो आएपछि अस्पताल पुगेका थिए ।

उनको स्वाब परीक्षणका लागि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो।

सोमबार दिउँसो ३ बजेसम्ममा परीक्षण रिपोर्ट आउन सक्ने पाटन अस्पताल स्रोतले जानकारी दिएको छ ।

प्रकाशित मिति : चैत्र १७, २०७६ सोमबार  ७ : ४६ बजे