ग्यास सिलिण्डर बोकाएर सडकमा बसाएको तस्वीर सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले अनुसन्धान थालेको छ ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता उमेशराज जोशीले तस्वीर सार्वजनिक गर्ने व्यक्तिहरुसँग सोधपुछ थालिएको बताए । ‘हामीले खोजी थालेका छौं, छानविनपछि खुल्ला’, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जोशीले भने, ‘अहिले यो कुन ठाउँको तस्वीर हो भन्ने पनि अहिलेसम्म खुलिसकेको छैन ।
उक्त तस्बिर सार्बजनिक भए पछी प्रहरिको ब्यापक आलोचना भएको थियो ।








