कोरोनाको संक्रमणले स्पेन आक्रान्त भइरहेको बेला बार्सिलोनाका खेलाडी गरे यस्तो निर्णय



बार्सिलोना । कोरोना भाइरसको संक्रमणले पूरा स्पेन आक्रान्त भइरहेको बार्सिलोनाका खेलाडीले आफ्नो तलब ७० प्रतिशत काटेर लिने भएको बताएका छन् । खेलाडीले क्लबलाई आर्थिक रूपमा सहयोग गर्न यो निर्णय गरेका हुन् ।

आफ्नो इन्स्ट्राग्राम एकाउन्टमा लामो सन्देश छोड्दै लियोनल मेसीले क्लबका अध्यक्ष जोसेप मारिया र उनको नेतृत्वमा रहेको बोर्डको पनि आलोचना गरेका छन् । उनका अनुसार बोर्डले खेलाडीको भावना नै बुझ्न सकेन् ।

स्पेनका अन्य क्लबका खेलाडीले पनि आफ्नो पूरा तलब बुझ्ने छैनन् । कोरोनाको माहामारीका कारण अधिकांश स्पेनी क्लबको आर्थिक स्थिति कमजोर भएको छ ।

मेसीले लेखेका छन्, ‘अब समय आएको छ, यो विषम परिस्थितिमा हामी खेलाडीले आफ्नो तलब ७० प्रतिशत काटेर लिने । यस्तो गर्दा क्लबका अरू कर्मचारीले शतप्रतिशत तबल पाउने छन् ।’

प्रकाशित मिति : चैत्र १८, २०७६ मंगलबार  ७ : ०८ बजे