नेपालमा थप तीनजना कोरोना संक्रमित फेला परेको पुष्टी



नेपालमा थप तीनजना कोरोना संक्रमित फेला परेको पुष्टी भएको छ ।

भारतको मुम्बईबाट फर्किएका कैलालीका एकजना २१ वर्षीय पुरुष, उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरुष र यसअघि कैलालीमा उपचाररत कोरोना संक्रमितका आफन्तमा कोरोना संक्रमण फेला परेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो सँगै नेपालमा संक्रमितको सङख्या ९ पुगेको छ ।

यसअघि कैलालीको ३४ वर्षीय महिलामा पनि कोरोना पुष्टि भएको छ। ती महिला यसअघि कैलालीमा संक्रमित भेटिएका पुरूषको आफन्त भएको बताइएको छ ।

प्रकाशित मिति : चैत्र २२, २०७६ शनिबार  ७ : ४४ बजे