लकडाउन नमान्ने ३ सय १५ सवारीसाधन नियन्त्रणमा



लकडाउनका बेला चलाइएका ३ सय १५ सवारीसाधन नियन्त्रण लिइएको छ।

शनिबार बिहान ५ बजेदेखिि १० बजेसम्मको ५ घण्टा अवधिमा ३ सय १५ वटा सवारीसाधन उपत्यकाका विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।

नियन्त्रणमा लिइएका सवारीमध्ये अधिकांश दुईपाङ्ग्रे छन्।

शनिबार बिहान नियन्त्रणमा लिइएका ३ सय १५ मध्ये ३ सय ६ वटा दुइपांग्रे र ९ वटा चारपांग्रे सवारी रहेको ट्राफिक प्रहरीले जनाएको छ।

प्रकाशित मिति : चैत्र २२, २०७६ शनिबार  ८ : १८ बजे