मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालमा पहिलोपटक व्यक्तिबाट व्यक्तिमा सर्‍यो कोरोना, संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य



नेपालमा पहिलोपटक एक व्यक्तिबाट अर्को व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण भएको पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले नेपालमा पहिलोपटक एक व्यक्तिबाट अर्को व्यक्तिमा कोरोना संक्रमण भएको पुष्टि भएको जानकारी दिएका हुन्।

मन्त्रालयले नियमित रुपमा आयोजना गर्ने मिडिया ब्रिफिङकका क्रममा प्रवक्ता देवकोटालेनेपालमा थप तीन जनामा भाइरसको संक्रमण भेटिएको जानकारी दिदै यस्तो बताएका हुन्।

मुम्बइबाट फर्किएका कैलालीका २१ वर्षीय र उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष र कैलालीको ३४ वर्षीया महिलामा कोभिड–१९ को सङ्क्रमण देखिएको ‍प्रवक्ता देवकोटाको भनाइ छ। कोरोना संक्रमण पुष्टि भएकी महिला यसअघि कैलालीमा सङ्क्रमित भेटिएका पुरूषको आफन्त हुन्।

तेस्तै देशैभरका अस्पतालहरुमा शनिवार (आज) ६९ जना कोरोनाको आशंकामा आइसोलेसनमा उपचार भइरहेको पनि मन्त्रालयले आज गरेको पत्रकार सम्मेलनमा प्रवक्ता डा .विकास देवकोटाले उक्त जनाकारी दिए ।

देवकोटालले हाल आठ जनाको उपचार भइरहेको जानकारी  दिए ।“अस्पतालमा उपचाररत आठै जना कोरोना संक्रमितको स्वास्थ्य अवस्था सामान्य छ,” उनले भने, “काठमाडौको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा २ जना , २ जना बाग्लुङग धवलागिरि अञ्चल अस्पताल र ४ जनाको सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ ।”

त्यसैगरी, आज राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा १ हजार ४४१ जनाको कोरोना आशंकामा परीक्षण भएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २२ चैत्र २०७६, शनिबार  ११ : १९ बजे