आजको मौसम : यस्तो छ पूर्वानुमान



काठमाडौं । देशमा स्थानिय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आइतबारको देशका पश्चिमी पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहने जनाएको छ ।

पूर्वानुमान महाशाखाले आजको दिउँसोको मौसम देशका पहाडी भू–भागमा अपरान्ह पछि आंशिक बदली भई पश्चिमी पहाडी भू–भागका एक÷दुई स्थानमा मेघ गर्जन, चट्याङ सहित वर्षाको सम्भावना रहेको जनाएको छ ।

यसैगरी, देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ।

यस्तै, राति देशभर मौसम सामान्यतया सफा रहने देखिन्छ।

प्रकाशित मिति : चैत्र २३, २०७६ आईतबार  ३ : २८ बजे