मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चैत महिनामा बिदेशबाट नेपाल आउने सबैको कोरोना परिक्षण गरिने



चैत महिनामा विदेशबाट आएका सबैको कोरोना परीक्षण गरिने भएको छ ।चैत महिनामा नेपाल प्रवेश गरेका सबैको, अहिले कोरोना संक्रमितका आफन्त र परिवारका सदस्य सबैको कोरोना परीक्षणको तयारी गरिएको र त्यसका लागि टोली परिचालन गरिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा . विकास देवकोटाले बताए बताए ।

तेस्तै कोरोनाभाइरसको संक्रमित फेला परेका कैलाली, कञ्चनपुर जिल्लामा क्वारेन्टाइनमा रहेका सबैको-यापिड डायगोनिस्टिक टेस्ट (आरडीटी) प्रविधिबाट कोभिड–१९ को परीक्षण गरिने भएको छ । मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई यस्तो निर्देशन दिएको मन्त्रालयका प्रवक्ता डा . विकास देवकोटाले बताए ।

यस्तै बागलुङमा कोराना संक्रमितको वासस्थान वरपर रहेका तथा सम्पर्कमा आएका व्यक्तिहरुको परीक्षण हुनेछ ।साथ चैत महिनामा आएका र उनीहरुको सम्पर्कमा आएकाहरुको र्‍यापिड डाइग्नोस्टिक टेष्टमा गरिने डा . देवकोटाले बताए ।

कैलाली, कञ्चनपुर र बागलुङमा कोरोना संक्रमण देखिएका व्यक्तिका नजिकका व्यक्तिहरुको पनि परीक्षण गर्ने तयारी गरिएको देवकोटाले बताए।चैत महिनमा प्रवेश गरेका र सम्पर्कमा रहेका व्यक्तिको द्रुत गतिबाट परीक्षण गरिनेछ । पोजेटिभ देखिए पीसीआर प्रविधिबाट पुनः परीक्षण गरिने भएको छ ।

सबैको आरडीटी परीक्षणपछि भाइरसको संक्रमण भएको आशंका गरिएकाहरुको पीसीआर प्रविधिबाट पुनः सुनिश्चित गरिने पनि डा . देवकोटाले जानकारी दिए ।

प्रकाशित मिति : २३ चैत्र २०७६, आइतबार  ११ : ०४ बजे