चैत महिनामा बिदेशबाट नेपाल आउने सबैको कोरोना परिक्षण गरिने



चैत महिनामा विदेशबाट आएका सबैको कोरोना परीक्षण गरिने भएको छ ।चैत महिनामा नेपाल प्रवेश गरेका सबैको, अहिले कोरोना संक्रमितका आफन्त र परिवारका सदस्य सबैको कोरोना परीक्षणको तयारी गरिएको र त्यसका लागि टोली परिचालन गरिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा . विकास देवकोटाले बताए बताए ।

तेस्तै कोरोनाभाइरसको संक्रमित फेला परेका कैलाली, कञ्चनपुर जिल्लामा क्वारेन्टाइनमा रहेका सबैको-यापिड डायगोनिस्टिक टेस्ट (आरडीटी) प्रविधिबाट कोभिड–१९ को परीक्षण गरिने भएको छ । मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई यस्तो निर्देशन दिएको मन्त्रालयका प्रवक्ता डा . विकास देवकोटाले बताए ।

यस्तै बागलुङमा कोराना संक्रमितको वासस्थान वरपर रहेका तथा सम्पर्कमा आएका व्यक्तिहरुको परीक्षण हुनेछ ।साथ चैत महिनामा आएका र उनीहरुको सम्पर्कमा आएकाहरुको र्‍यापिड डाइग्नोस्टिक टेष्टमा गरिने डा . देवकोटाले बताए ।

कैलाली, कञ्चनपुर र बागलुङमा कोरोना संक्रमण देखिएका व्यक्तिका नजिकका व्यक्तिहरुको पनि परीक्षण गर्ने तयारी गरिएको देवकोटाले बताए।चैत महिनमा प्रवेश गरेका र सम्पर्कमा रहेका व्यक्तिको द्रुत गतिबाट परीक्षण गरिनेछ । पोजेटिभ देखिए पीसीआर प्रविधिबाट पुनः परीक्षण गरिने भएको छ ।

सबैको आरडीटी परीक्षणपछि भाइरसको संक्रमण भएको आशंका गरिएकाहरुको पीसीआर प्रविधिबाट पुनः सुनिश्चित गरिने पनि डा . देवकोटाले जानकारी दिए ।

प्रकाशित मिति : चैत्र २३, २०७६ आईतबार  ११ : ०४ बजे