मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अहिलेसम्म संक्रमितहरुको अवस्था सामान्य, नयाँ संक्रमित छैनन्: स्वास्थ्य मन्त्रालय



नेपालमा मंगलबार थप नयाँ कोरोनाभाइरस संक्रमित फेला नपरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मंगलबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमार्फत मन्त्रालयका प्रवक्ता डा . विकास देवकोटाले नयाँ संक्रमित फेला नपरेको र उपचाररत आठ जनाको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएका हुन्

कोरोना भाइरसको संक्रमण भएर नेपालका विभिन्न अस्पतालमा रहेका आठैजनाको स्वास्थ्य अवस्था समान्य रहेको पनि देवकोटाले  जानकारी दिए।

नेपालमा हालसम्म ९ जनालाई कोरोना संक्रमण भएको पुष्टि भएको छ। तर एक जना भने निको भइसकेका छन्।

हाल सेती प्रादेशिक अस्पतालमा ४ जना र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा २ जना र बाग्लुङ अस्पतालमा २ जनाले कोरोना भाइरसको उपचार गराइरहेका छन्।

प्रकाशित मिति : २५ चैत्र २०७६, मंगलबार  ११ : २५ बजे