नेपालमा मंगलबार थप नयाँ कोरोनाभाइरस संक्रमित फेला नपरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मंगलबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमार्फत मन्त्रालयका प्रवक्ता डा . विकास देवकोटाले नयाँ संक्रमित फेला नपरेको र उपचाररत आठ जनाको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएका हुन्
कोरोना भाइरसको संक्रमण भएर नेपालका विभिन्न अस्पतालमा रहेका आठैजनाको स्वास्थ्य अवस्था समान्य रहेको पनि देवकोटाले जानकारी दिए।
नेपालमा हालसम्म ९ जनालाई कोरोना संक्रमण भएको पुष्टि भएको छ। तर एक जना भने निको भइसकेका छन्।
हाल सेती प्रादेशिक अस्पतालमा ४ जना र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा २ जना र बाग्लुङ अस्पतालमा २ जनाले कोरोना भाइरसको उपचार गराइरहेका छन्।