मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्क्रीनिङलाई तिव्रता दिदै डडेल्धुरा अस्पताल



सुदुरपश्चिममा चार जनामा कोरना भाईरसको संक्रमण देखिएपछि डडेल्धुरा अस्पतालले स्क्रेनिङ गर्ने कार्यलाई वढाएको छ । कोरना भाईरसको लक्ष्ण देखिनुका साथै भारत सहित तेस्रो मुलुक वाट आएकाहरुको स्क्रेनिङ गर्न थालिएको छ ।

सामान्य ज्वरो देखी रुघा खोकी लागेकाहरुको पनि स्वाब परिक्षणका लागि पठाईन थालिएको डडेलधुरा अस्पतालका निमित्त मेसु डा.जगदीश चन्द्र विष्टले बताए भयो । सुदुरपश्चिममा कोरना भाईरसको संक्रमण देखिएसंगै डडेलधुरा अस्पतालमा दिनहु दुई तिन जनाको स्क्रेनिङ गरेर स्वाब परिक्षणका लागि पठाईन थालिएको छ ।

एक साता भित्र ७ जनाको कोरना भाईरसको परिक्षणका लागि स्वाब संकलन गरि पठाइएको छ । जस्मा दुई जनाको नेगटिभ रिपोट आएको छ, भने वाँकीको रिपोट आउन वाँकी रहेको डडेलधुरा अस्पतालका ल्याव ईन्चार्ज ईश्वरी भुषालले बताए भयो ।

हाल डडेल्धुरा अस्पतालमा दुई जना आईसुलेसनमा रहेका छन् । धनगढीमा कोरना भाईरसको परिक्षणका लागि ल्याव संचालन पछी परिक्षणका लागि सहज भएको छ ।

प्रकाशित मिति : २५ चैत्र २०७६, मंगलबार  २ : ०१ बजे