मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोनाविरुद्ध लड्न ट्वीटरका सिइओले गरे एक अर्ब डलर सहयोग



ट्वीटरका सीईओ ज्याक डोर्सीले कोरोना भाइरस (कोभिड–१९)विरुद्ध लड्न एक अर्ब डलर सहयोग गर्ने भएका छन् ।

डोर्सीले मंगलबार ट्वीटरमार्फत आफूले कोरोना भाइरसविरुद्ध लड्न स्टार्ट स्मल एलएलसी कोष स्थापना गरेको बताएका छन् ।

कोरोना भाइरसको महामारी सकिएपछि यो कोषको प्रयोग बालिकाको स्वास्थ्य र शिक्षाका साथै विश्वव्यापी न्यूनतम आम्दानीलगायतका क्षेत्रमा गरिने उनको भनाइ छ ।

डोसीले विश्वभर देखिएको दीर्घकालीन समस्या समाधानको लागि विश्वव्यापी न्यूनतम आम्दानी र बालिकाको स्वास्थ्य तथा शिक्षा निकै आवश्यक रहेको उनको भनाइ छ ।

डोर्सीले आफ्नो यो कामले अरुलाई पनि यस्तै काम गर्ने हौसला मिल्ने अपेक्षा गरेका छन् ।

प्रकाशित मिति : २६ चैत्र २०७६, बुधबार  ७ : १५ बजे