कोरोनाविरुद्ध लड्न ट्वीटरका सिइओले गरे एक अर्ब डलर सहयोग



ट्वीटरका सीईओ ज्याक डोर्सीले कोरोना भाइरस (कोभिड–१९)विरुद्ध लड्न एक अर्ब डलर सहयोग गर्ने भएका छन् ।

डोर्सीले मंगलबार ट्वीटरमार्फत आफूले कोरोना भाइरसविरुद्ध लड्न स्टार्ट स्मल एलएलसी कोष स्थापना गरेको बताएका छन् ।

कोरोना भाइरसको महामारी सकिएपछि यो कोषको प्रयोग बालिकाको स्वास्थ्य र शिक्षाका साथै विश्वव्यापी न्यूनतम आम्दानीलगायतका क्षेत्रमा गरिने उनको भनाइ छ ।

डोसीले विश्वभर देखिएको दीर्घकालीन समस्या समाधानको लागि विश्वव्यापी न्यूनतम आम्दानी र बालिकाको स्वास्थ्य तथा शिक्षा निकै आवश्यक रहेको उनको भनाइ छ ।

डोर्सीले आफ्नो यो कामले अरुलाई पनि यस्तै काम गर्ने हौसला मिल्ने अपेक्षा गरेका छन् ।

प्रकाशित मिति : चैत्र २६, २०७६ बुधबार  ७ : १५ बजे