कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या साढे ८८ हजार,१० लाख ४५ हजार सङ्क्रमित



विश्वभर कोरोना भाइरस बाट  ज्यान गुमाउनेको संख्या करिब साढे ८८ हजार पुगेको छ । मृत्यु हुनेको सङ्ख्या हाल लगातार बढी रहेको छ ।

सबैभन्दा धेरै इटलीमा १७ हजार ६६९ जनाको ज्यान गएको छ भने अमेरिकामा १४ हजार ७३६ तथा स्पेनमा १४ हजार ७९४ जनाको मृत्यु भएको छ । तेस्तै अन्य धेरै देशमा पनि सङ्क्रमण फैलिने दर बढी रहेको छ भने मृत्यु हुनेको सङ्ख्या पनि लगातार बढी रहेको छ ।

अहिले कोरोनाबाट १० लाख ४५ हजार १६३ संक्रमित रहेकोमा ४८ हजार ७८ को अवस्था गम्भीर रहेको छ ।

अहिलेसम्म विश्वभर कोरोनाको संक्रमण १५ लाख ११ हजार ३७५ जनामा देखिइसकेको छ ।

नेपालमा अहिलेसम्म ९ जनाको कोरोनाको संक्रमण देखिएकोमा एक जना उपचारपछि स्वस्थ्य भइसकेका र बाँकी ८ जनाको उपचार भइरहेको र अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : चैत्र २७, २०७६ बिहीबार  ६ : १७ बजे