मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या साढे ८८ हजार,१० लाख ४५ हजार सङ्क्रमित



विश्वभर कोरोना भाइरस बाट  ज्यान गुमाउनेको संख्या करिब साढे ८८ हजार पुगेको छ । मृत्यु हुनेको सङ्ख्या हाल लगातार बढी रहेको छ ।

सबैभन्दा धेरै इटलीमा १७ हजार ६६९ जनाको ज्यान गएको छ भने अमेरिकामा १४ हजार ७३६ तथा स्पेनमा १४ हजार ७९४ जनाको मृत्यु भएको छ । तेस्तै अन्य धेरै देशमा पनि सङ्क्रमण फैलिने दर बढी रहेको छ भने मृत्यु हुनेको सङ्ख्या पनि लगातार बढी रहेको छ ।

अहिले कोरोनाबाट १० लाख ४५ हजार १६३ संक्रमित रहेकोमा ४८ हजार ७८ को अवस्था गम्भीर रहेको छ ।

अहिलेसम्म विश्वभर कोरोनाको संक्रमण १५ लाख ११ हजार ३७५ जनामा देखिइसकेको छ ।

नेपालमा अहिलेसम्म ९ जनाको कोरोनाको संक्रमण देखिएकोमा एक जना उपचारपछि स्वस्थ्य भइसकेका र बाँकी ८ जनाको उपचार भइरहेको र अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २७ चैत्र २०७६, बिहिबार  ६ : १७ बजे