सरकारले भोली र पर्सी उपत्यकाबाट बाहिरा जानेहारुलाई जनदिने निर्णय गरेको छ ।
बिहीबार बसेको उच्चस्तरिय समितिको बैठकले शुक्रबार र शनिबारभित्र उपत्यका बाहिर जाने सर्वसाधारणलाई जान दिने निर्णय गरेको हो।
स्थानीय तहको समन्वयमा सरकारले काठमाडौं बाहिर जान चाहनेका लागि विभिन्न ठाउँमा गाडीको व्यवस्था समेत मिलाएको छ ।
उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजकत्वको कोरोना रोकथाम तथा समन्वय समितिको आज बसेको बैठकले २ दिनका लागि राजधानी बाहिरिन चाहने सर्वसाधारणलाई सहज होस् भनेर यस्तो व्यवस्था मिलाएको हो ।
काठमाडौंबाट बाहिर जान पाए पनि काठमाडौं प्रवेश गर्न भने नपाइने समितिले निर्णय गरेको छ ।
लकडाउन भएपनि काठमाडौंबाट सम्बन्धित जिल्ला पुग्नेहारुलाई सम्बन्धित स्थानीय तहले क्वारेन्टाइनमा बस्ने व्यवस्था गर्ने गरी सरकारले जान दिनलागेको हो ।
उपत्यकाबाट घर जाने सर्वसाधरणलाई कसरी पठाउने विषय स्पष्ट पार्न गृह मन्त्रालयले नोटिस जारी गर्ने बताइएको छ।








