डडेल्धुरामा भारत वाट आएका १ सय ९० जनाको शनिवार स्वाब संकलन गरिएको छ ।
भारत वाट आई क्वारेन्टीनमा वसेका र घरमा वसेका सहित जिल्लाका सातवटै स्थानिय तहका १ सय ९० जनाको स्वाब परिक्षण गर्नका लागि स्वाब संकलन गरिएको डडेल्धुराका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले वताउँनु भयो ।स्वाब संकलन गर्नका लागि हेलीकप्टर वाट आवश्यक सामग्री ल्याइएको थियो । स्वाब संकलन गरि काठमाण्डौ लगेर परिक्षण गरिने भएको छ ।
जिल्ला सदरमुकाममा रहेको डडेलधुरा वहुमुखी क्याम्पस, पर्शुराम नगरपालीकाको त्रिवेणी वहुमुखी क्याम्पस र पर्शुराम नगरपालीकाकै सादनीमा रहेको शिबसंकर माविमा भारतवाट आएकाहरुको स्वाब संकलन गरिएको प्रमुख जिल्ला अधिकारी पन्तले जानकारी दिनु भयो । जिल्लामा १ सय ६ जना वसेका र वाँकी घरको क्वारेन्टीनमा वस्दै आईरहेका छन् ।
जिल्लामा प्रत्येक स्थानिय तहले क्वारेन्टीन वनाएको भएपनि जनचेतना जगाउँन नसक्दा भारत सहित तेस्रो मुलुकवाट आएकाहरु घरमै वसेका छन् ।








