मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुदुरपश्चिमका कैलाली र कञ्चनपुरमा संकलित नमुनाको रिपोर्ट नेगेटिभ



नेपालमा हालसम्म जम्मा २ हजार ८ सय ९५ को स्वाबको नमूना परीक्षण गरिएको छ। काठ्माण्डौमा २ हजार ३ सय ८३ र काठ्माण्डौबाहिर ५ सय १३ को गरी जम्मा २८ सय ९५ परिक्षण भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए ।

कैलाली र कञ्चनपुरबाट संकलन गरिएको ६६ वटा नमुना परीक्षण गर्दा कोरोना भाइरस (कोभिड–१९) संक्रमण रिपोर्ट नेगेटिभ आएको छ ।

धनगढी उपमहानगरपालिका–५ मा स्थानीयमा पनि संक्रमण देखिएपछि सरकारले क्वारेन्टाइनमा रहेका एक सय ९८ जनाको नमुना संकलन गरेर काठमाडौं ल्याएको थियो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा त्यसमध्ये ६६ वटा नमुनाको परीक्षण सकिएको र सबैको रिपोर्ट नेगेभिट आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा . विकास देवकोटाले बताए ।

नेपालमा हालसम्म ९ जनामा मात्र कोरोना भाइरसको संक्रमण देखिएको छ। जसमध्ये १ जना निको भइसकेका छन्। अस्पतालमा उपचाररत ८ जनाको अवस्था पनि सामान्य रहेको डा. देवकोटाले जानकारी दिए।

प्रकाशित मिति : २७ चैत्र २०७६, बिहिबार  ११ : ३६ बजे