लक डाउँन प्रभावकारी रुपमा नभएको भन्दै जनगुनासो आएपछि जिल्ला प्रशासन कार्यालय डडेल्धुराले लक डाउँनमा कडाई गरेको छ । लक डाउँन उलंघन गरेको भन्दै २६ मोटरसाईकिल नियन्त्रणमा लिएको डडेल्धुराका प्रहरी नायवउपरिक्षक दधीराम न्यौपानेले वताउँनु भयो ।
तुफानडाडा, वागवजार ,स्याउले चोकवाट मोटर साईकिल नियन्त्रणमा लिइएको थियो । अन्य सवारी साधनलाई पनि पास भए नभएको चेकजाँच गरेर मात्रै संचालनमा आउन दिइएको थियो ।
अत्यावश्यकीय काममा वाहेकका वजारमा घुम्नेहरुको मोटरसाईकिल नियन्त्रण लिई दिनभर राखेर सम्झाईवुझाई गरेर वेलुकी छोडेको प्रहरी नायवउपरिक्षक न्यौपानेले वताउँनु भयो । लक डाउँन प्रहरी प्रशासनका लागि नभई हामी सवैको लागि भएकाले लक डाउँनलाई प्रभावकारी वनाउँनका लागि सम्पुर्ण नागरिकले सहयोग गर्नु पर्ने डडेल्धुराका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले वताउँनु भयो ।
विहान साझ मात्रै नभई आवश्यकता अनुसार दैनिक उपभोग्य वस्तु खरीदका लागि खुल्ला गरिएको भएपनि विना काम वजारमा नघुमी दिन समेत प्रमुख जिल्ला अधिकारी पन्तले जिल्ला वासीलाई आग्रह गर्नु भयो । जिल्ला सदरमुकाम सहितका विभिन्न स्थानमा लकडाउन उलंघन गर्ने गरेका छन् ।
वागवजार,तुफानडाडा,पोखरा वजार,कृतिपुर ,विद्युतरोड सहितका विभिन्न स्थानमा स्थानियहरु सडकमा आएर घुम्ने गरेका छन् ।हुलका हुल घुम्न थाले पछि लक डाउँनको प्रभावकारीता नहुँने भएकाले कडाईका साथ कार्यान्वयन गर्नु पर्ने केही स्थानियहरुले माँग समेत गरेका छन् ।










