मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हाल क्वारेन्टाइनमा सात हजार १६६ र आइसोलेसनमा १०३ जना : स्वास्थ्य मन्त्रालय



हाल  देशैभरका क्वारेन्टाइनमा सात हजार १६६ जना र आइसोलेसनमा १०३ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । तेस्तै पीसीआर मेसिनबाट हालसम्म देशैभर पाँच हजार ६ सय ९१ जनाको कोरोना भाइरसको आशंकामा नमुना परीक्षण गरिएको मन्त्रालयका प्रवक्ता डा  विकास देवकोटाले आजको नियमित पत्रकार सम्मेलनमा बताए । देशका ५२ जिल्लामा र्‍यापिट टेस्ट किटबाट परीक्षण सुरु भइसकेको पनि उनले बताए ।

शनिबार कोरोना संक्रमण देखिएका ३ जनाका सम्पर्कमा आएका २८ जनालाई कोरोना भाइरसको परीक्षण भइरहेको छ । भने छपकैया ५९ को र्‍यापिड टेस्ट किटबाट गरिएको कोरोना परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको मन्त्रालयले जनाएको छ ।

आज कैलालीकी ६५ वर्षीया महिला र रौतहटको क्वारेन्टाइनमा रहेका १९ वर्षीय युवामा कोरोना संक्रमण देखिएको छ जसमा कैलालीकी ६५ वर्षीया महिलाको सेती प्रादेशिक अस्पतालमा र रौतहतका पुरुषको नारायणी उप–क्षेत्रीय अस्पतालमा उपचार भइरहेको प्रवक्ता डा . देवकोटाले बताए ।

हालसम्म सेती प्रादेशिक अस्पतालमा ५, टेकु अस्पतालमा २, धवलागिरि अस्पताल २ र नारायणी उपक्षेत्री अस्पतालमा ४ जनाको उपचार रहेको उनले जानकारी दिए । उनले भने, “अस्पतालमा उपचाररत १३ जनाको स्वास्थ्य अवस्था सामान्य रहेको छ, भने एकजना निको भएर घर गइसक्नुभएको छ ।”

प्रकाशित मिति : १ बैशाख २०७७, सोमबार  १२ : १० बजे