मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सनसिटीबाट अस्पताल लगिएका दुई जनामा कोरोना संक्रमण पुष्टि: पुरै अपार्टमेन्टमा सन्नाटा



२८ दिनअघि बेलायतबाट फर्किएरा पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्दै आएको परिवारका तीन मध्य २ जनालाई अस्पताल भर्ना गरिएका दुई जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । उनिहरुलाई हिजो पाटन अस्पताल ब हर्ना गरिएको थियो । एक जनाको भने रिपोर्ट आउन बाँकी छ ।

उनीहरु मध्ये दुई जना (छोरा र आमा) को रिपोर्ट आएको छ र, कोरोना संक्रमण पुष्टि भएको छ । बाँकी एक (बुहारी) को भने नेगेटिभ रिपोर्ट आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सनसिटीमा पाँचवटा विल्डिङ छन् । अहिले कोरोना संक्रमण देखिएको परिवार ‘ए’ बिल्डिङमा बस्दै आएका थिए ।

हाल सनसिटी अपार्टमेन्टलाई प्रहरीले शील गरेको छ । त्यहाँ रहेका मानिसहरुलाई बाहिर जान दिइएको छैन भने बाहिरबाट पनि कसैलाई भित्र प्रबेश दिइएको छैन ।

अपार्टमेन्ट सिल भएपछि त्यहाँ सेनिटाइज गर्नुपर्नेदेखि अपार्टमेन्टमा रहेकाहरु दैनिक अत्यावश्यक आवश्यकताका बस्तुहरु आपूर्ती कसरी हुन्छ भनेर स्थानियहरु चिन्तित देखिएका छन्।

अपार्टमेन्टमा अहिले पुरै सन्नाटा चाएको बताइएको छ ।अपार्टमेन्टमा बस्नेहारु एक अर्कासगा टेलिफोनमा कुराकानी गर्दै सुरक्षाअका उपायहाँरुबारे छलफल गरिरहेका ब ताइएको छ ।

प्रकाशित मिति : २ बैशाख २०७७, मंगलबार  ८ : ११ बजे