गोरखाका एक युवकको र्यापिड टेस्ट (आरडीटी) विधिबाट गरिएको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ ।
उनको थ्रोट स्वाब संकलन गरी थप परीक्षणका लागि पोखरा पठाइएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।
आरुघाट गाउँपालिका–५ का ३१ वर्षीय एक युवकमा गरिएको र्यापिड टेस्टमा पोजेटिभ रिपोर्ट आएको जिल्ला स्वास्थ्य कार्यालय, गोरखाले जनाएको छ ।
युवामा कोरोनाको लक्षण नदेखिएको र अवस्था सामान्य रहेको बताइएको छ ।
उनलाई अहिले आरुघाट प्राथमिक स्वास्थ्य केन्द्रको आईसोलेसनमा राखिएको छ ।
उनि बहराइनबाट फर्किएको बताइएको छ ।








