मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सनसिटीका २९८ जनाको रिपोर्ट नेगेटिभ : स्वास्थ्य मन्त्रालय



बेलायतबाट फर्केर पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्दै आएका कोरोना भाइरस (कोभिड–१९) संक्रमित परिवारका तेस्रो सदस्यको रिपोर्ट नेगेटिभ आएको छ ।सोमबार गरिएको र्‍यापिड टेष्टमा तीनै जनामा एन्टीबडी पोजेटिभ पाएपछि पाटन अस्पताल भर्ना गरिएको थियो ।

उनीहरुमध्ये ८१ बर्षीया आमा र ५८ वर्षका छोरामा कोरोना संक्रमण पाइएको छ । उक्त परिवारकी बुहारीको पहिलो रिपोर्ट पोजेटिभ नआएपछि पुनः परीक्षण गरिएको थियो

यसै बिच काठमाडौंको पेप्सीकोलाको सनसिटी अपार्टमेन्टमा २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि गरिएको र्‍यापिड परीक्षणमा कसैमा पनि कोभिड-१९ संक्रमण नभएको पाइएको छ। सनसिटीका २ सय ९८ जनाको र्‍यापिड परीक्षण गरिएपनि कसैमा पनि पोजेटिभ नदेखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए।’सनसिटीमा २ सय ९८ जनाको आरडिटी गरिएको हो। सबैको रिपोर्ट नेगेटिभ आएको छ,’ डा देवकोटाले भने।

र्‍यापिड परीक्षणमा पोजेटिभ देखिएका अर्का एक व्यक्तिको भने रिपोर्ट नेगेटिभ आएको समेत उनले जानकारी दिए। हालसम्म नेपालमा १६ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भइसकेको छ। उनीहरु सबैको अवस्था सामान्य रहेको डा देवकोटाको भनाइ छ।

प्रकाशित मिति : ३ बैशाख २०७७, बुधबार  ११ : ४२ बजे