मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

झापाका युवकको र्‍यापिड टेस्टमा एन्टिबडी पोजेटिभ देखियो



झापाको हल्दिबारी गाउँपालिकाका एक व्यक्तिमा ‘एन्टीबडी पोजेटिभ’ भेटिएको छ । प्रदेश नं १ मा -यापिड डायग्नोस्टिक टेस्ट (आरडिटी)गरिएकामध्ये उनको नतिजा पोजेटिभ देखिएको हो ।

हल्दिबारी गाउँपालिकाका ६१ जनाको बुधबार आरडिटी गरिएकामा वडा नं २ का ३१ वर्षीय युवामा एन्टीबडी पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईँले बताए ।
उनका अनुसार आरडिटीबाट पोजेटिभ देखिएका व्यक्तिसहित उनको परिवारका सात जनाको थ्रोट स्वाब सङ्कलन गरेर प्रयोगशाला (पिसीआर) परीक्षणका लागि विराटनगरस्थित प्रादेशिक अस्पताल पठाइएको छ । हल्दिबारीका अरु १४ जनाको समेत स्वाब परीक्षणका लागि पठाइएको छ ।

बुधबारसम्ममा प्रदेशका विभिन्न जिल्लामा ५५५ जनाको आरडिटी गरिएको छ । हल्दिबारीका एक व्यक्तिमा मात्र एन्टीबडी पोजेटिभ देखिएको हो । अरु सबै नमूनामा नेगेटिभ नतिजा आएको छ । प्रदेशमा हालसम्म कसैमा पनि कोरोना पोजेटिभ देखिएको छैन । प्रदेशभरिमा २८४ जनाको स्वाबको नमूना सङ्कलन भएकामा १८ जनाको नतिजा आज आउँदैछ । अरु २६६ जनाको परीक्षण नतिजा नेगेटिभ आइसकेको छ ।

प्रदेश नं १ सरकारले समुदायमा छिटो परीक्षणका लागि आरडिटी किट प्रयोगमा ल्याएको छ । किटबाट गरिएको परीक्षणमा शङ्का लागेमा प्रयोगशालामा पिसीआर टेस्ट गराउने व्यवस्था छ ।

प्रकाशित मिति : ४ बैशाख २०७७, बिहिबार  ७ : ५७ बजे